यस्तो छ प्रधानमन्त्री दाहालको तस्बिरको वास्तविकता, एमालेले भ्रम फैलायो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का हरेक कुराको निकै कठोर आलोचना हुँदै आएका छन् ।

दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पनि हुन् । दाहालप्रति निकै कठोर आलोचना गर्नेहरूमा नेकपा (एमाले)का नेता कार्यकर्ता छन् । दाहालको सानो पनि कुराको आलोचना हुने गरेका छन् ।

बुधबार प्रधानमन्त्री दाहालले नेपाली सेनाको हेलिकप्टरमा नातिनी र ज्वाईलाई घुमाएको भनेर आलोचना भएको छ । सामाजिक सञ्जालमा दाहालको निकै कठोर रुपमा आलोचना भइरहेका छन् ।

गोर्खामा छोरी गंगा दाहाल, नातिनी र ज्वाईसँग हेलिकप्टरको पृष्ठभूमिमा दाहाल रहेको तस्बिर सार्वजनिक भएको छ ।

दाहालको सचिवालयले प्रधानमन्त्री दाहाल निर्वाचन क्षेत्र गोरखा पुगेको बेला आफन्तसँग भेट भएको बताएको छ । त्यतिबेला लिइएको तस्बिर भए पनि सामाजिक सञ्जालमा गलत अर्थ लगाएर अफबाह फैलाउने कार्य भएको छ ।

प्रधानमन्त्री दाहालका निजी सचिव रमेश मल्लले गलत भ्रम फैलाएर प्रधानमन्त्री दाहालको आलोचना नगर्न अनुरोध गरेका छन् । मल्लले सत्यतथ्य बुझेर आलोचना र टिकाटिप्पणी गर्न अनुरोध गरेका छन् ।

Published : Wednesday, 2023 December 27, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया