गंगालाल अस्पतालको निमित्त निर्देशकमा डा.मल्ल नियुक्त

काठमाडौं । स्वास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीको निमित्त निर्देशकमा डा.रवि मल्ललाई नियुक्त गरेको छ ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा.मल्ललाई निमित्त निर्देशकमा नियुक्त गरेका हुन् ।

पुस ६ गते कार्यकारी निर्देशकमा डा.चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको छ । एमाले समर्थक डा.अधिकारीको कार्यकाल सकिएको छ ।

नयाँ कार्यकारी निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न नामहरूमा छलफल गरेको छ । डा.मल्ल केन्द्रको कार्यकारी निर्देशकका लागि उपयुक्त व्यक्ति हुन् । डा.मल्ला निकै व्यावसायिक चिकित्सक हुन् ।

गंगालालको कार्यकारी निर्देशक बन्न विभिन्न चिकित्सकहरू दौडमा छन् । तर, मन्त्री बस्नेतले डा.मल्ललाई निमित्त कार्यकारीको जिम्मेवारी दिएपछि डा.मल्ललाई नै जिम्मेवारी दिने तयारी भएको बुझिएको छ ।

Published : Wednesday, 2023 December 27, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया