रोज राणाको बाजे र बुबाको योगदान, रमेश खरेलले लिएको बदला

रोज राणालाई वधाई तथा शुभकाना । तीन पुस्तापछि न्याय प्राप्त । २००७ सालको जनक्रान्तिमा प्यूठानका जमिन्दार धर्मबहादुर थापाले आर्थिक सहयोग मात्रै होइन भौतिक सहयोग पनि गरे । उनैको नेतृत्वमा दाङको विजौरी कब्जा भयो । कब्जापछि थापा जन–सरकारको प्रधानमन्त्री बनाइएका थिए । विजौरी मात्रै होइन कोइलाबास कब्जामा पनि धर्मबहादुर थापाको निर्णायक भूमिका थियो ।

धर्मबहादुर थापाका छोरा खड्गबहादुर थापाले पंचायती व्यवस्थाविरुद्ध सुवर्णशमशेर राणाको नेतृत्वमा २०१८–२०१९ सालमा भएको सशस्त्र संघर्षमा निकै ठूलो योगदान पुर्‍याए ।

त्यो संघर्षमा प्यूठानका खड्गबहादुर थापाको योगदान महत्वपूर्ण रह्यो । तर, संघर्ष सफल हुन सकेन । उनै खड्गबहादुरका छोरा यतिबेला मन्त्री बनेका छन् ।

माओवादीबाट विस्थापित भई काठमाडौं बस्न थालेपछि सरोज थापाबाट रोज राणा बनेर उनी कलाकारितामा लागे ।

जनआन्दोलन २०६२–२०६३ मा कलाकर्मीका तर्फबाट सरोज थापा उर्फ रोज राणाले पुर्‍याएको योगदान उल्लेख्य छ ।

जनअधिकार प्राप्तिका लागि लगातार तीन पुस्ता लडेको यो परिवारलाई गत आम निर्वाचनमा न्याय भयो । रोज राणाले आफ्नो गृह जिल्ला प्यूठानबाट प्रदेशसभा सदस्यको टिकट पाए ।

३१ वर्षको अन्तरालपछि नेपाली कांग्रेसलाई प्यूठानमा चुनाव जिताए । उनै रोज राणा यतिबेला लुम्बिनी प्रदेशको उद्योग, वााणिज्य तथा यातायात व्यवस्था मन्त्री बनेका छन् ।

तर, महत्वकाँक्षी प्रहरी (एसएसपी) रमेश खरेलसँगको व्याक्तिगत टकराव अर्थात् जग्गाको साँध सिमाना विवाद रोज राणाका लागि निकै महंगो परेको छ ।

नेपाली कांग्रेसमा लागेकै कारण राणा र पंचायतले सर्वश्वहण गरेको । माओवादीले घर जलाएर लखेटेको पीडाभन्दा रास्वपाका नेता एवम् महत्वकाक्षी पूर्वप्रहरी रमेश खरेलद्धारा गरिएको बदनामी थापा परिवारमाथि कयौं गुणा बढि पेचिलो देखिएको छ ।

(वरिष्ठ पत्रकार विन्दुकान्त घिमिरे)

Published : Monday, 2023 December 25, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया