कांग्रेस नेता तिमिल्सिनाद्वारा स्व.सुमितका आमा–बुबालाई चेक हस्तान्तरण

गुलरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बाघको आक्रमणबाट मृत्यु भएका १२ वर्षीय सुमित थारूका आमा–बुबालाई राहत स्वरुप एक लाखको चेक हस्तान्तरण गरेका छन् ।

सोमबार बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ४, बैरिया गाउँमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा तिमिल्सिनाले नगरपालिकाको तर्फबाट प्राप्त आर्थिक सहयोगलाई हस्तान्तरण गरेका हुन् ।

मिति २०८०/०९/०७ गते दिउँसो १२ बजेको आसपासमा स्थानीय रामशंकर थारूको छोरा सुमित थारूलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणमा परेर सुमितको मृत्यु भएको थियो ।

कांग्रेसका नेता तिमिल्सिनाले स्व.सुमित थारुको जीवन रक्षा गर्न नसके पनि राहत स्वरुप आमा–बुबालाई आर्थिक सहयोग गरिएको बताएका छन् ।

बर्दिया जिल्लामा आरक्षणका जंगली जनावरले आक्रमण गरेर स्थानीयको ज्यान लिने गरेका छन् । जीवन रक्षाका लागि विभिन्न प्रयासहरू भए पनि जंगली जनावरको आक्रमण रोकथाम हुन सकेको छैन ।

Published : Monday, 2023 December 25, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया