ठूला गफ दिने सभापति लामिछानेले युवकलाई थुनाए

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई खोया प्रहार गरेको अभियोगमा पक्राउ परेका ३३ वर्षीय सन्तोष रानाभाटलाई १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

रानाभाटलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको प्रहरीले जनाएको छ ।

शनिबार पोखराको अमरसिंह चोकमा भएको सभामा सभापति लामिछानेलाई रानाभाटले मकैको थोताले प्रहार गरेका थिए ।

रानाभाट लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ निवासी हुन् ।

सभालाई लामिछानेले सम्बोधन गरिरहँदा दिउँसो साढे २ बजेतिर रानाभाटले मकैको थोता प्रहार गरेका थिए ।

रानाभाटले हानेको थोता लामिछानेलाई लागेको थिएन । थोता मञ्चमा खसेको थियो ।

रानाभाटलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्दको कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

रास्वपाका सभापति लामिछानेले एक, दुई आक्रमण र मुद्दाबाट आफू विचलित नहुने बताएका थिए । तर, लामिछानेले रानाभाटलाई थुनाएरै छाडेका छन् । सार्वजनिक कार्यक्रममा रानाभाटलाई कारबाही नगर्न आग्रह गरे पनि लामिछानेले कारबाहीको लागि दवाव दिएको चर्चा छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि आक्रमण भएको थियो । दाहालले आफूलाई आक्रमण गर्ने व्यक्तिलाई कारबाही नगर्न निर्देशन दिएका थिए ।

Published : Monday, 2023 December 25, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया