प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता, सरकार र राष्ट्रिय सभाको निर्वाचनबारे छलफल

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शनिबार प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरुका बीच राष्ट्रिय सभाको निर्वाचन, सरकारको कामकारबाहीका विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले बताएका छन् ।

दाहालले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको छ । मन्त्रीहरुको कार्यसम्पादनका विषयमा पनि देउवा र दाहालका बीच समीक्षा भएको छ ।

प्रधानमन्त्री दाहालले सभापति देउवासँग सन्तोषजनक कार्य गर्न नसकेका मन्त्रीहरुलाई हटाएर नयाँलाई अवसर दिने हो कि भनेर परामर्श पनि गरेका छन् । सभापति देउवाले मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने विषयमा हतार नगर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका छन् ।

Published : Sunday, 2023 December 24, 7:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया