मटिअर्वा नाका खोल्न पहल गर्छु : भारतीय महावाणिज्य दूत मिना

काठमाडौं । नेपाल र भारतबीच जोडिएको मटिअर्वा नाका खोलाउन चाडै पहल गरिने वीरगन्ज भारतीय महावाणिज्य दूत देवी सहाय मिनाले बताएका छन् ।

शनिवार मटिअर्वा नाकाको स्थलगत अवोलकन गर्दै महावाणिज्य दूतले बन्द रहेको नाका चाडै खोलाउने पहल गर्ने बताए ।

नेपाल भारत मैत्री संघ मधेश प्रदेशले आयोजना गरेको स्वागत कार्यक्रममा आएका महावाणिज्य दूतले स्थानीय प्रशासनसँग छलफल गरि स्थानीयले भोग्दै आएको समस्या बुझेका थिए ।

नेपाल र भारतसंग रोटीबेटीको सम्बन्ध निरन्तर कायम राख्न आफूबाट हुने हरेक सहयोग गर्ने महावाणिज्य दूत मिनाले बताएका छन् । बोर्डरबाट सहज ओहर दोहर गर्न वतावरण मिलाउने पहल गर्ने उनले बताए ।

बिहेबारी लगायत कुनै पनि कार्यमा सहज रूपले सवारीसाधन ओहर दोहर गर्ने भारतको पक्षबाट नरोकिए पनि नेपाल सरकारसंग आवश्यक पहल गरि नाका सुचारु गराउने प्रतिवद्वता गरेका छन् ।

मटिअर्वा नाका सिधै भारतसंग मोतिहारी, पटना लगायतको शहरसंग जोडिएकोले नेपालीवासीहरूलाई भारतमा किनमेल, उपचार गराउन, तीर्थ जान सहज हुने गरेको कलैया वडा १० का वडाध्यक्ष साविर आलमले बताएका छन् ।

सरकारको निर्देशनमा नाका बन्द गरिएकोले स्थानीय तवरबाट मटिअर्वा नाका खोलाउन केही गर्न नसकेको उनको तर्क रहेको छ ।

देशमा महामारीको रूपमा रहेको कोरोना नियन्त्रण गर्न प्रशासनले नेपाल भारत सिमाना स्थित मटिअर्वा बोर्डर बन्द गरेको थियो । कोरोनाकालमा नेपाल बाहिरबाट स्वदेश छिर्नेको संख्या बढेसंगै कोरोना नियन्त्रण गर्न सरकारले नाका सिल गरेको थियो ।

सरकारले कोरोनाकालमा सिल गरेको नाका कोचर्वा, झरोखर सिम्रौनगढ, ननसगरा घाट, पिपरपाती, बेनौली, बेल्लारी, बरैनिया, छतवा, बिश्रामपुर लगायतबाट दुई पङ्गे बाहेक ठूला सवारी साधन आवत जावतमा प्रतिबन्ध लगाएको छ ।

Published : Sunday, 2023 December 24, 6:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया