सात वर्ष अगाडि अपराध गरेका मानिस विमानस्थलबाट पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ ।

फरार अभियुक्त अर्घाखाँची साबिक सिमलपानी गाविस–५ घर भएका ३७ वर्षीय अंकित भन्ने जगत बिकलाई घटनाको ७ वर्षपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बिक समेतले २०७४ पुस ३० गते दिउँसो मकवानपुर हाँडिखोला घर भएकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको काठमाडौं महानगरपालिका–१४ भुवनेश्वरी मन्दिर परिसरभित्र हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

सोही घटनामा संलग्न रहेका धादिङ साविक मूलपानी गाविस–७ घर भएका ४६ वर्षीय शिवराम अधिकारी नकबजनी चोरी मुद्धामा नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा जेल सजाय भोगी रहेको खुल्न आएको छ ।

Published : Friday, 2023 December 22, 8:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया