पाल्पामा टिप्पर दुर्घटना हुँदा मृत्यु, घोराहीका चालक पक्राउ

तानसेन । पाल्पा जिल्लामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् ।
बिहीबार रिब्दीकोट गाउँपालिका वडा नं. २ लघुवास्थित पाल्पा गुल्मी सडक खण्डमा रा १ ख २४०४ नम्बरको टिप्पर आफै ब्याक भइ सडकबाट करीव दुई समय मिटर तल बसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पाल्पा रिब्दीकोट वडा नं. ३ का वर्ष ३० का विष्णु ढकालको उपचारका क्रममा मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी वर्ष ३२ को यमराज पुन गम्भीर घाइते भएका छन् । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ५ घर भएका वर्ष ३५ का हिमाल घर्तीको अवस्था पनि गम्भीर रहेको छ ।
टिप्परका चालक दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ का वर्ष ३६ का अजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चौधरी सकुशल रहेका छन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया