कांग्रेसभित्र अन्तर्घातकाे ठूलाे राेग, त्यसलाई अन्त्य गर्न सक्दा पार्टी ठूलाे हुन्छ : सभापति देउबा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्ने रोग रहेको भन्दै चिन्ता जनाएका छन् ।

बिहीबार जनकपुरधाममा नेपाली कांग्रेस मधेश प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई अन्तर्घातकाे राेगलाई अन्त्य गर्नुपर्ने बताए ।

‘हाम्रो पार्टीलाई अन्तर्घातको ठूलो रोग लागेको छ । त्यसबाट मुक्त गरेर यो पार्टीलाई भरसक बहुमत प्राप्त गर्ने पार्टीका रूपमा स्थापित गर्न सहयोग गर्नुहोला´, सभापति देउबाले भने, `यो काम मधेस प्रदेशबाटै अघि बढ्नेछ भन्ने लागेको छ ।’

उनले भने, ‘यो ठाउँबाट भोलिका दिनमा नेपालको सुदृढीकरण र राजनीतिलाई बलियो बनाउने काम र कांग्रेसलाई बलियो बनाउने काममा मद्दत गर्नुहुनेछ ।’

उनले भने, ‘अहिलेको बेला समानुपातिक समावेशी प्रणाली भएकोले कसैको पनि बहुमत आउने सम्भावना धेरै कम हुन्छ । कांग्रेस अहिले ठूलो पार्टी भएको छ ।’

देउवाले नेपालको राजनीति सुदृढ गर्दै लैजानुपर्ने बताए । नेपाली राजनीतिलाई बलियो बनाउन कांग्रेस लागिरहेको उनले बताए ।

उनले समानुपातिक र समावेशी निर्वाचन प्रणाली भएकाले बहुमत आउन गाह्रो छ रहेको सुनाए । ‘अहिले नेपाली कांग्रेस पहिलो पार्टी भएको छ । कांग्रेसले बहुमत ल्याउनु सकोस्’, सभापति देउबाले भने ।

सम्मेलनमा मधेश प्रदेशका सभापति कृष्ण यादव, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महत, महामन्त्री गगन थापा, नेताहरू रमेश रिजाल लगायतको उपस्थिति रहेकाे थियाे ।

Published : Thursday, 2023 December 21, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया