माओवादीले बनायाे पावरफुल समिति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विधानको मस्यौदा बनाउन ७ सदस्यीय समिति गठन गरेको छ।

माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहेको मस्यौदा समिति बनाएको बताए ।

प्रवक्ता सापकोटाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि फागुन पहिलो साता नै बस्ने बताएका छन् ।​ काठमाडौंमा बिहीवार बिहान बसेको पदाधिकारी बैठकले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

Published : Thursday, 2023 December 21, 4:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया