माओवादीद्वारा लक्ष्मीलाई पशुपतिमा नियुक्त

काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा माओवादी केन्द्रकी नेतृ लक्ष्मी पुनलाई नियुक्त गरेको छ ।

लक्ष्मीलाई माओवादीले कार्यकारी निर्देशकमा नियुक्ति गरेर पशुपति क्षेत्र विकास कोसमा प्रवेश गराएको छ ।

यसैबीच, पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् ।

कोषको बुधबार बसेको बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो ।

राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज गरिएका पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकले पशुपति क्षेत्रमा मदिरा बिक्रीमा बन्देज लगाउने निर्णय गरेको छ । पशुपति दर्शन गर्न आउनेहरूको सुरक्षाका लागि सुरक्षा चौकी निर्माण गर्ने निर्णय गरेको छ ।

Published : Thursday, 2023 December 21, 7:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया