महिलाको उजुरीपछि गुल्मीबाट भागेका गलामी बाँकेमा पक्राउ

काठमाडौं । महिलालाई दुर्व्यवहार गरी फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

महिलालाई दुर्व्यवहार गरी फरार रहेका गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका ४४ वर्षीय डिलबहादुर गलामीलाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

म्यासेजिङ एपमा भएका कुराकानीलाई स्क्रिन रेकर्ड गरी सामाजिक सञ्जालमा अश्लील सन्देशसहित पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पीडित महिलाको उजुरीको आधारमा थप अनुसन्धान गर्ने क्रममा गलामी संलग्न रहेको खुल्न आएपछि गलामीलाई साइबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा बाँकेबाट पक्राउ गरेको छ ।

Published : Wednesday, 2023 December 20, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया