भोजपुर र खोटाङमा किशोरीहरूलाई करणी गरेको आरोप

काठमाडौं । भोजपुर र खोटाङ जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

खोटाङमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका–१ बस्ने २७ वर्षीय भक्तबहादुर सुनुवारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सुनुवारले ती किशोरीलाई मंसिर २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट राखावाङदेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उता, भोजपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका–१३ मुखिया टोल बस्ने ३१ वर्षीय सागर श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती किशोरीलाई मंसिर २८ गते साँझ सोही ठाउँस्थित कोदोबारीमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

Published : Tuesday, 2023 December 19, 1:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया