आवास निर्माण गर्न टोली लिएर तरुण अध्यक्ष गुरुङ जाजरकोट प्रस्थान

काठमाडौं । नेपाल तरुण दलले भूकम्प प्रभावित जिल्लामा आवास निर्माण गर्न टोलीलाई खटाएको छ ।

मंगलबार तरुण दलको टोली जाजरकोट र रुकुम पश्चिमतर्फ प्रस्थान गरेको छ ।

तरुण दल अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा तरुण दल केन्द्रीय सदस्यहरू जाजरकोटतर्फ प्रस्थान गरेका छन् ।

आवास निर्माणका लागि आवस्यक पर्ने सामग्रीहरूसहित तरुणहरू भूकम्प प्रभावित जिल्लातिर लागेका हुन् ।

तरुण दलको टोलीले ६० देखि १०० वटा आवास निर्माण गर्ने लक्ष्य राखेको छ । टोलीमा ३० जना छन् ।

Published : Tuesday, 2023 December 19, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया