यी औषधिहरू उत्पादनमा विभागद्वारा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको बताए ।

उत्पादनमा रोक लगाएका औषधि नेपाली र भारतीय कम्पनीका रहेको उनले बताएका छन् ।

विभागले रोक लगाएका औषधिमा लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान पाँच एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी रहेका छन् ।

लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन पाँच एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजी छन् ।

Published : Tuesday, 2023 December 19, 8:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया