सभापति देउवा पोखरा जाँदै, सम्मेलनमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गण्डकी कांग्रेसको प्रथम प्रदेश सम्मेलन २०८० मा सहभागी पोखरा जान लागेका छन् ।

मंगलबार पोखराको सभा गृहमा हुने सम्मेलनमा सहभागी हुन सभापति देउवा पोखरा जान लागेका हुन् । देउवाले सम्मेलनको उद्घाटन गर्नेछन् । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुनेछ । बन्दसत्र बुधबार पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश प्रथम प्रदेश सम्मेलन– २०८० मा सहभागी हुन प्रदेशका महाधिवेशन प्रतिनिधिहरू पोखरा आउने क्रम जारी छ ।

सम्मेलनमा सहभागी हुन कांग्रेसका केन्द्रीय पदाधिकारी र अन्य नेताहरू पनि पोखरा पुगिसकेका छन् ।

Published : Tuesday, 2023 December 19, 7:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया