सभापति डा.राणासँग भारतीय सांसदहरूद्वारा भेटवार्ता, कृषि र जलवायुबारे परामर्श

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति एवम् नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणासँग भारतीय नेताहरूले भेटवार्ता गरेका छन् ।

सोमबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा भारतीय सांसद र नेताहरूले भेटवार्ता गरेका हुन् । भेटमा दुई मुलुकबीचको सम्बन्ध कृषि र जलवायुसम्बन्धी विषयमा परामर्श भएको सभापति डा.राणाको निजी सचिवालयले जनाएको छ ।

सभापति डा.राणासँग भारतको लोकसभाका सांसद डा. सञ्जय जैसवाल, सांसद मुकुल शर्मा (एशिया निर्देशक, जलवायु संसद) र सांसद डा.सुमेधा बसु (दक्षिण एशिया नीति सल्लाहकार)ले भेटवार्ता गरेका हुन् ।

भारतीय सांसदहरू नेपाल भ्रमणमा छन् । उनीहरूसँग सभापति डा.राणाले कृषिमा उत्पादकत्व वृद्धि, जलवायुमा परिरहेको असरको न्यूनीकरणबारे परामर्श गरेकी छिन् ।

Published : Monday, 2023 December 18, 11:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया