सशस्त्र प्रहरीका यी ४० जना बढुवा सूचीमा समावेश

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ४० जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयानुसार उनीहरूको बढुवा सिफारिस गरिएको सशस्त्रले जनाएको छ ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब निरीक्षकहरूले नियमावलीको नियम ५५ मा भएको व्यवस्था बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने समेत बलले जनाएको छ ।

बढुवा सिफारिसमा पर्नेहरूमा युवराज खड्का, श्यामकर्ण वादी, शरणबहादुर खत्री, लालबहादुर चौधरी, गणेश रोका, दिनेशप्रसात तिवारी, ऐनबहादुर शाही, नन्दलाल जैसी, राजु पुरी, टंक विसी, दिनेश गुरुङ रहेका छन् ।

सुशील शाही, वीरबहादुर थारु, हीरालाल नेपाली दमाई, गणेश बिक, लहानु थारु, खुमबहादुर पौडेल, राकेशकुमार थारु, विषबहादुर तामाङ, मनोजकुमार यादव, टेकबहादुर भण्डारी, शिवकुमार चौधरी पनि बढुवा सिफारिसमा परेका छन् ।

प्रमोदकुमार चौधरी, डिकबहादुर गुरुङ, किरन राई, सुकेदव चौधरी, धनबहादुर खड्का, गमबहादुर पेमी, ईन्द्रबहादुर भुजेल, गयाराम चौधरी पनि बढुवा सिफारिसमा छन् ।

भीमसिं श्रीस, गिरीराज बस्नेत, बाबुराम श्रेष्ठ, प्रदीपकुमार राई, श्यामलाल उराव, दीपेन्द्रकुमार माझी, ध्रुबबहादुर बस्नेत, परशुराम राई र रामानन्द दियाल पनि बढुवा सिफारिसमा परेको सूचनामा उल्लेख छ ।

Published : Monday, 2023 December 18, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया