बैंकको कर्जा शाखामा कार्यरत शर्मा बुटवलमा मृत भेटिए

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, बुटवल शाखामा कार्यरत कर्मचारी प्रकाश शर्मा मृत भेटिएका छन् ।

सोमबार बुटवलको फूलबारीमा झुण्डिएको अवस्थामा शर्मा मृत फेला परेका हुन् ।

मणिमुकुन्द सेन उद्यानको रुखमा प्रकाश शर्मा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले बताएका छन् ।

फूलवारीको एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शर्मा बुटवलको ट्राफिक चोकमा रहेको बैंकको कर्जा शाखामा कार्यरत रहेका थिए । शर्माको झुण्डिएर मृत्यु भएको सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Published : Monday, 2023 December 18, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया