प्रचण्ड व्यक्ति होइन, मुलुकको प्रधानमन्त्री हो, बालेनका पखेटा पलाउन थालेका छन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अपमान गरेका छन् ।

प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा बोलेर बीचमा उठेर बालेन हिँडेका छन् । सोमबार ललितपुर महानगरपालिकाले १०५औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री दाहाल उपस्थित रहेका थिए ।

कार्यक्रममा काठमाडौंका मेयर बालेनले अस्वभाविक व्यवहार देखाएका छन् । बालेनले प्रधानमन्त्री दाहालको अपमान हुने गरेर हर्कत गरेपछि आलोचना भएको छ ।

मुलुकको प्रधानमन्त्रीप्रति मेयर बालेनले देखाएको औकात र हर्कतको विरोध भइरहेको छ । दाहाल व्यक्ति मात्रै होइनन् । यो मुलुकको प्रधानमन्त्री हुन् । दाहाललाई मन नपर्न सक्छ । तर, प्रधानमन्त्रीको रुपमा दाहालको सम्मान गर्न सिक्नुपर्छ । प्रधानमन्त्रीको अपमान गर्नेले अनुशासन सिक्नुपर्छ ।

प्रधानमन्त्री दाहालले मेयर बालेनको व्यवहारप्रति रुष्ट भएका छन् । उनले आफूलाई बालेनको व्यवहारले इरिटेसन भएको अभिव्यक्ति दिएका छन् ।

बालेनले आफूले गरेको काममा प्रदेश र संघ सरकारले भाँजो हालेको आरोप लगाएका थिए । पाँच मिनेटदेखि एक घण्टामा हुने काममा पनि सहयोग नरेकोमा प्रधानमन्त्री दाहालसँग बालेनले आक्रोश पोखेर मञ्चबाट हिँडेका थिए ।

बालेनले प्रधानमन्त्री दाहालमाथि आरोप लगाएर कुरै नसुनेर हिँडेपछि दाहाल रिसाएका हुन् ।

प्रधानमन्त्री दाहालले बालेनप्रति आक्रोश पोखिरहेका बेला मञ्चमा रहेका अन्य अतिथि र सहभागीहरू मज्जाले हाँसेका थिए ।

प्रधानमन्त्री दाहालले भने, ‘बालेन्द्रजी हिँडिहाल्नुभयो । मलाई फेरि पहिला बोलेर हिँडिहाल्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ । आफूले जे–जे भन्नु छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने हुनुहुँदैन । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’

दाहालले भने, ‘उहाँले भन्नुभयो, यहाँबाट निस्कने वित्तिकै हुन्छ । बालेन्द्रजी चाहे तपाईंले बागमतीको किनारमा बसेकामथि हस्तक्षेपको कुरा होस् वा तीनकुनेको मुआब्जाको विषय होस्, चाहे काठमाडौँ उपत्यकाभित्र फोहोर व्यवस्थापनका लागि मिलेर काम गर्ने सम्बन्धमा सिंहदरबारमा कति पटक बैठक भयो ? के अहिलेको प्रधानमन्त्रीको जत्तिको सकारात्मक, रचनात्मक रुपले समस्या समाधान गर्न समन्वय गरेको अन्य कोही कतै देख्नुभएको छ ?’

प्रधानमन्त्री दाहालले भने, ‘तपाईँ त्यसलाई रिकजनाइज गर्न किन डराउनुहुन्छ ? तपाईँ काठमाडौं महानगरपालिकाको मेयर भएका नाताले काठमाडौं र ललितपुरका अन्य पालिकाकासँग समन्वय गर्न बढी जिम्मेवारी छ ।’

‘म तपाईंलाई सहयोग गर्छु भनेर गरेका कुरा रिकजनाइज गर्न केले रोक्यो ? प्रधानमन्त्रीले बल गरिराखेको छ भन्न केले रोक्यो ?’, दाहालले भने, ‘यतिको प्रधानमन्त्री पाउन अरु पाउन सक्नुहुन्छ ? मैले गरेको कामको रिकजनाइज गर्न तपाईँलाई केले रोक्यो ?’

काठमाडौं महानगरका मेयर बालेनले आफूलाई निकै सुपर ठान्ने गरेका छन् । नेपाल सरकारलाई पनि आफ्नो महानगरको शाखा जस्तो ठान्छन् । यो हर्कत बालेनका लागि निकै ठूलो सबक हुनेवाला छ ।

Published : Monday, 2023 December 18, 2:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया