मन्त्रिमण्डल विस्तारबारे सरकारकी प्रवक्ता शर्माको अभिव्यक्तिले निराश

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आवश्यकताअनुसार मन्त्रिमण्डल परिवर्तन हुन सक्ने बताएकी छिन् ।
आइतबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले मन्त्रिमण्डल परिवर्तनको विषय तत्काल सम्भावना नरहेको बताइन् ।
सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले अहिले सत्ता गठबन्धन र सरकारमा मन्त्री फेरबदलको कुनै चर्चा नरहेको बताएकी छिन् ।
उनले सरकार आफ्नो उद्देश्यमा अविचलित काम गरिरहेको बताएकी छिन् । सरकारले लय नगुमाएको र सरकारको प्राथमिकता समृद्धि, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउने रहेको मन्त्री शर्माले बताएकी छिन् ।
आवश्यकताअनुसार मन्त्रिमण्डल परिवर्तन गर्न सकिने भए पनि अहिलेको सन्दर्भमा त्यस्तो छलफल नभएको उनले बताएकी छिन् ।
‘अहिले मन्त्रीहरू केही परिवर्तन हुन्छ कि भन्नेकुरा छैन । यो हाम्रो गठबन्धन र राजनीतिक दलभित्र छलफल भएको छैन’, मन्त्री शर्माले भनिन् ।
केही नेता र समूह सरकारका मन्त्रीहरूलाई परिवर्तन गरेर आफू सरकारमा मन्त्री बन्न चलखेल गरेका बेला मन्त्री शर्माको अभिव्यक्तिले निराश बनाएको छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया