बडिमालिका-२ भौनेरामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

धनगढी । बाजुरा जिल्लामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मार्तडीबाट निर्माण सामाग्री लिएर बडिमालिका–२ भौनेरा जाँदै गर्दा खरिगाडमा दुर्घटना हुँदा तीन पुरुष र एक महिला गरेर चार जनाको घट्नास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ का ३५ वर्षीय हिक्मतबहादुर रोकाया, बडिमालिका–२ भौनेराका अन्दाजी ३७ वर्षीय देवराज जोशी, बडिमालिका– १ का ३६ वर्षीय चन्द्र दानी र बडिमालिका–२ जुगाडाकी २६ वर्षीया करिष्मा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चालक हिक्मत रोकायाले चलाएको सु.प्र ०१००२ त ४१०५ ट्याक्टर लु ४ त ७३०५ को ट्याक्टरमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले बताए ।

Published : Sunday, 2023 December 17, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया