गगन, ओली र रविको मिसन ०८४ को विश्वप्रकाशद्वारा विरोध

बागलुङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापाले भन्दै आएको मिसन ०८४ को विरोध गरेका छन् ।

शनिबार बागलुङ २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै शर्माले देश विकासका लागि मिसन २०८४ होइन, भिजन २०९५ भन्नुपर्ने बताए ।

महामन्त्री शर्माले ०८४ मात्रै नभएर त्यसअघि र पछि पनि चुनाव हुने बताएका छन् ।

उनले भने, ‘मिसन २०८४ किन भन्ने ? चुनावको बेलै नआइ किन मिसन भन्नुपर्‍यो । जनताले मिसन २०८४ भन्नेहरूलाई जहिले चुनावको चिन्ता गर्छौं ।’

‘तिमीले देश विकासको चिन्ता कहिले गर्छौं ? भनेर प्रश्न गर्नुपर्छ’, महामन्त्री शर्माले भनेका छन् ।

देशको चिन्ता गर्नुपर्ने र त्यसको लागि भिजन २०९५ को लागि सबै दलले तयारी गर्नुपर्ने उनले बताएका छन् ।

देशमा केही नभएको हल्ला गरेपनि विकास भइरहेको उनले बताएका छन् । ‘देश विकासका लागि अझै गर्नुपर्छ र गर्न सकिन्छ । गाली गरेरमात्र देश बन्दैन, समन्वय गरेर देश बन्छ’, उनले भने ।

शर्माले राजा हुँदा देशको ९ प्रतिशत नागरिकका घरमा पुगेको विद्युतीकरण अहिले ९५ प्रतिशत नागरिकसम्म पुगेको बताएका छन् ।

अहिलेको व्यवस्था केही पनि भएन भन्नेलाई त्यो गतिलो उदाहरण भएको महामन्त्री शर्माले बताएका छन् ।

Published : Saturday, 2023 December 16, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया