शर्मिलाले तारालाई कुटिन, ताराले मनोजलाई थुकेर लात हानिन्

काठमाडौं । स्वघोषित अभियन्ता तारा बराललाई अर्की स्वघोषित अभियन्ता शर्मिला वाइबाले कपालबाट लुछेर कुटपिट गरेकी छिन् ।

शुक्रबार काठमाडौंमा रातिको समयमा साेम शर्माकाे जन्मदिनको पार्टी मनाउने कार्यक्रमका बेला सडकमा ताराले यूट्युबर मनोज मेहता (मानव)लाई थुकेर कुटपिट गरेकी छिन् । मनोजलाई कुटपिट गर्न खोजेपछि शर्मिलाले तारालाई झापड हानेकी हुन् ।

यूट्युबमा रहेको एक भिडियोमा ताराले मनोजलाई थुकेर, लात हानेकी छिन् । मनोजले कुनै प्रतिवाद गरेका छैनन् ।

त्यसपछि हो–हल्ला भइरहेका बेला पछाडिबाट आएकी शर्मिलाले ताराको कपाल समातेर लुछेकी छिन् । शर्मिलाले तारालाई दनादन झापड हानेको भिडियोमा देखिएको छ ।

कथित अभियन्ताद्वय शर्मिला र तारा निकै विवादित महिला हुन् । उनीहरूका बीच छत्तीसको आँकडा छ ।

Published : Saturday, 2023 December 16, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया