पत्रकार महेन्द्र पाण्डेको काठमाडौंमा निधन

काठमाडौं । पत्रकार महेन्द्र पाण्डेको ५३ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ ।

पाण्डेको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाटमा शुक्रबार अन्त्येष्टि गरिएको छ ।

पाण्डे बिहीबार राति काठमाडौंको बौद्धस्थित ह्यात होटलमा विवाह समारोहमा सहभागी हुँदा अचानक वान्ता भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

पाण्डे ‘रिपोर्ट नेपाल’ अनलाइनका सम्पादक हुन् । उनी नेपाल विद्यार्थी संघ गुल्मीका पूर्वसभापति पनि हुन् ।

पाण्डेका आमा, श्रीमती र दुई छोरी छन् । नयाँ बानेश्वरको हाइटमा बस्दै आएका पाण्डे लामो समयदेखि काठमाडौंमा पत्रकारिता गर्दै आएका छन् ।

पाण्डेले कोरोनाको क्रममा उहाँकी बहिनी र त्यसअघि भाइको शोक सहनु परेको थियो ।

Published : Friday, 2023 December 15, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया