गृह मन्त्रालयद्वारा सीडीओसहित सह–सचिवहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित २५ जना सह–सचिवको सरुवा गरेको छ ।

शुक्रबार गृह मन्त्रालयले बन्धुप्रसाद बास्तोलालाई झापा, शंकरहरि आचार्यलाई सुर्खेत, नारायणप्रसाद सापकोटालाई भोजपुर र हरिप्रसाद घिमिरेलाई उदयपुरमा सरुवा गरेको जनाएको छ ।

जनार्दन गौतमलाई तनहुँ, बीरेन्द्रकुमार यादवलाई गृह मन्त्रालय, हीरालाल रेग्मीलाई रौतहट, धर्मेन्द्रकुमार मिश्रलाई कैलाली, दिनेशसागर भुसाललाई पर्सा, युवराज कटेललाई गृह मन्त्रालय, विश्वप्रकाश अर्याललाई कपिलवस्तु र सुरेश पन्थीलाई नवलपरासी पश्चिममा सुरुवा गरिएको छ ।

सुनिता नेपाललाई स्याङ्जा, शशिधर घिमिरेलाई गृह मन्त्रालय सरुवा गरिएको सूचनामा उल्लेख छ ।

सह–सचिव आनन्द काफ्लेलाई पाल्पा, प्रेमप्रसाद भट्टराईलाई मोरङको सीडीओ, भोला दाहाललाई गोरखाको सीडीओ, नारायणप्रसाद अर्याललाई प्यूठानको सीडीओमा सरुवा गरिएको छ ।

भरत खनाललाई सिन्धुलीको सीडीओ, महादेव पन्थलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग र स्किम श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

झक्कुप्रसाद आचार्यलाई सिन्धुपाल्चोक र जयनारायण आचार्यलाई सुनसरीको सीडीओ बनाएर पठाइएको छ ।

Published : Friday, 2023 December 15, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया