मन्त्रीकै अगाडि धरानका मेयरले प्रदीपको सातो लिए, बरबराउँदै बाहिरिए

काठमाडौं । धरान उप–महानगरपालिकाका मेयर हर्कराज राईले नेपाल नागरिक उड्डय प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सातो लिएर सबक सिकाएका छन् ।

धरानमा विमानस्थलको माग लिएर काठमाडौं आएका मेयर राईले सञ्चालनमा रहेको विराटनगर विमानस्थल र धरानमा प्रस्तावित विमानस्थलका बारमा जानकारी गराएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मेयर राई र महानिर्देशक अधिकारीलाई सँगै राखेर आफ्नै कार्यकक्ष सिंहदरबारमा धरानको विमानस्थलका विषयमा छलफल गराएका थिए ।

महानिर्देशक अधिकारीले धरानमा विमानस्थल बनाउन नसकिने जवाफ दिएका थिए । विराटनगर विमानस्थलान कुनै समस्या नरहेको भन्दै अधिकारीले मन्त्री किराँती र मेयर राईसँग सिधै झुठ बोलेका थिए ।

त्यसको जवाफ दिँदै मेयर राईले विराटनगर विमानस्थल वर्षमा छ महिना मात्रै सहज रुपमा सञ्चालन हुने गरेको बताएका थिए । राईले वर्षतको समयमा विराटनगर विमानस्थलमा डुबान भएर जहाज नै डुबेको बताएका थिए ।

जाडोको समयमा कुहिरो लागेर उडानको आवागमनमा समस्या रहेको मेयर राईले बताएका थिए ।

मन्त्रीको कार्यकक्षमा महानिर्देशक अधिकारीले धरानको विमानस्थलको बारेमा ठोस जवाफ दिन नसकेर अनुहार, कान राता–राता बनाएर ठूलो ठूलो स्वरमा बकमफुसे गफ दिएका थिए । अधिकारीले आफू माथि परे भने चर्का कुरा गर्छन् । तर्क गर्न सकेनन् भनेर बकमफुसे कुरा गरेर मान्छेलाई चिड्याउने कार्य गर्दै आएका छन् । प्राधिकरणमा आफूभन्दा साना कर्मचारीलाई मुख छाडेर गाली गरेर हैरान नै बनाउने गर्छन् ।

विराटनगरको रनवे र टर्मिनलमा वर्षातको पानी पसेर वर्षै पिच्छे बन्द हुन्छ । यसोभन्दा मेयर राईले मन्त्री किराँतीकै अगाडि महानिर्देशक अधिकारीको नराम्रो सातो लिएका थिए । मेयर राईले सातो लिएपछि महानिर्देशक अधिकारी डराएर कालोनिलो भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आफ्नै कर्मचारी महानिर्देशक अधिकारीले धरान उप–महानगरपालिकाका मेयर राईलाई नराम्रो व्यवहार गरेको र झुठो बोलेकोमा मन्त्री किराँती लज्जित भएका थिए ।

मन्त्रीको कार्यकक्षबाट बैठक सकेर बाहिर निस्कदा महानिर्देशक अधिकारीले मन्त्री किराँती र मेयर राईलाई ‘मा…मु…रा…को…छोरा…’ जस्तो अपशब्द प्रयोग गरेर गाली गरेको मन्त्रालयका एक कर्मचारीले बताएका छन् । महानिर्देशक अधिकारी बैठकबाट बरबराउँदै बाहिर निस्किएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको टालीमा भारत भ्रमणमा जाँदा महानिर्देशक अधिकारी रक्सी पिएर मातिएर नेपाली टोलीकै बेइज्जती गरेको चर्चा मन्त्रालयमा छ ।

युरोपियन युनियन (ईयू)ले कालोसूचीमा राखेको विषयमा महानिर्देशक अधिकारीले संसदीय समितिमा समेत झुठो बोलेर सांसदहरूलाई गुमराहमा राखेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’सँग पनि महानिर्देशक अधिकारीले पंगा लिइकेका छन् । धरानका मेयर राईसँग पनि मन्त्रीकै कार्यकक्षमा बबाल गरेर अधिकारीले आफ्नो औकात देखाएका छन् ।

महानिर्देशक अधिकारीको अराजक हर्कतबाट प्राधिकरणका कर्मचारीहरू आजित बनेको गुनासाहरू छन् । अधिकारीका गतिविधिले प्राधिरकण नराम्रोसँग डुब्ने हो कि भनेर कर्मचारीहरू चिन्तित बनेका छन् ।

Published : Friday, 2023 December 15, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया