दुई मानिस र गाडीसहित सशस्त्र प्रहरीद्वारा लाखौंको सामान नियन्त्रण

नेपालगञ्ज । बाँके जिल्लाको खजुरा गाउँपालिका ६ स्थित सिमलघारीबाट सशस्त्र प्रहरी बल नेपालले लाखौंको सामानसहित मानिसहरूलाई नियन्त्रणमा लिएको छ ।
मंसिर २८ गते सशस्त्र प्रहरीले करीब ३१ लाख ४४ हजार ३ सय रुपियाँ बराबरको विभिन्न सामानको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँकेबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भे १ च २३५७ नम्बरको गाडीमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको गाडी सशस्त्रले नियन्त्रणमा लिएको थियो ।
१४ लाख ७० हजार ३०० रुपियाँको लत्ताकपडा, ५ लाख ८४ हजार रुपियाँको काँस र १ लाख ४० हजार रुपियाँको पित्तलका मूर्ति, भाँडाबर्तन तथा सजावटका सामग्री बरामद भएका छन् ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ५ बस्ने ५० वर्षीय कमल हलुवाई र चालक भारतको लखीमपुर जिल्ला कटौली ग्रामपञ्चायत बस्ने ३० वर्षीय भारतीय नागरिक साकिर हुसेनलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनालार्ई बरामद सामान र गाडीसहित आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।
गाडीको भन्सार दाखिला मूल्य करीब ९ लाख ५० हजार रुपियाँ रहेको छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया