भूकम्प प्रभावितलाई आवास निर्माणका लागि रकम दिन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावितलाई यथाशीघ्र अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

शुक्रबार ललितपुरको सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले चिसोका कारण भूकम्प प्रभावितहरू समस्यामा रहेको भन्दै रकम उपलब्ध गराउन माग गरेको हो ।

कांग्रेसले भनेको छ, ‘सरकारका तर्फबाट अस्थायी आवास निर्माणका लागि उपलब्ध गराएको रकम यथाशीघ्र भूकम्प प्रभावित परिवारलाई वितरण गर्न गराउन नेपाल सरकारको पुन: ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’

जाजरकोट–रूकुम पश्चिममा भूकम्प प्रभावित जनताका लागि अस्थायी आवास निर्माण कार्यमा पार्टीका तर्फबाट विभिन्न चरणमा विभिन्न तहबाट खटिई अभियानमा समन्वय र सहजिकरण गरेका केन्द्रीय समितिका सदस्यहरू, स्थानीय संयोजन गर्ने प्रभावित क्षेत्रका पार्टीका साथीहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका साथीहरू र अन्य सहयोगी तथा स्वयंसेवी साथीहरूको कांग्रेसले योगदानको प्रशंशा गरेको छ ।

नेपाली कांग्रेसले धन्यावाद ज्ञापन गर्दै अभियानमा हाल प्रभावित क्षेत्रमा निरन्तर खटिइरहेका साथीहरूलाई पार्टीको तर्फबाट आवश्यक समन्वय गर्ने विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2023 December 15, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया