गगन-शेखरको गुटको भेलामा यी दिग्गज नेताहरू आएनन्, को-को सहभागी ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापाको गुटको भेलालाई महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलले बहिस्कार गरिदिएका छन् ।

पछिल्लो समय गगनसँग निकट मानिएका शर्मा र पौडेल बुधबारको गुटको भेलामा सहभागी भएनन् । शर्मा र पौडेललाई पनि निम्तो गरेको एक नेताले बताए । शर्मा र पौडेलले गगन–शेखर गुटको बैठकमा आउन नसक्ने सन्देश पठाएका थिए ।

संसदीय दलको नेताको निर्वाचनबाट गगन–शेखर गुटसँग शर्मा र पौडेल निकट मानिएका थिए । तर, पछिल्लो समय गगन–शेखर गुटसँग शर्मा र पौडेल टाडिएका छन् ।

गगन–शेखर गुटको भेलामा कांग्रेसलाई बलियो बनाउनेभन्दा पनि आफ्नो गुटलाई कसरी फाइदा हुन्छ भन्ने विषयमा छलफल भएको छ ।

नेता शेखरले बोलाएको गुटको भेलामा महामन्त्री गगन हाबी मानिएका थिए । गगनले नै शेखरले मंगलबारका लागि बोलाएको गुटको भेलालाई गगनले एक दिन पछाडि अर्थात बुधबार सारिदिएका थिए ।

गुट र नातावादको विपक्षमा नारा लगाएर शेखर सभापति तथा गगन महामन्त्रीमा उम्मेदवार बनेका थिए । अहिले आएर गगन र शेखरले गुटको भेला, बैठक राख्नुका साथै ससुरा अर्जुन नरसिंह केसी (गगनका ससुरा)लाई बीचमा राखेर गतिविधि गर्दै आएका छन् ।

गुटको भेलामा नेता शेखर, महामन्त्री गगन, उप–सभापति धनराज गुरुङ, नेताहरू मीनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, जगदीश्वर नरसिंह केसी, चन्द्रमोहन यादव, दीपक गिरी, सञ्जय गौतम, रामनाथ अधिकारी, बद्री पाण्डे, डा.गोविन्द पोखरेल, अजयबाबु शिवाकोटी, प्रतिमा गौतम, योगेश गौचन थकाली, हृदयराम थानी, सुनिल शर्मा, राजेन्द्र बगजाइँ, गुरुराज घिमिरेको उपस्थिति रहेको थियो ।

नेताहरू चन्द्र भण्डारी, सुरेन्द्र आचार्य, मधु आचार्य, अनिता देवकोटा, किरण यादव, प्रकाश रसाइली, अमरसिंह पुन, रञ्जित कर्ण, कृष्णचन्द्र पोखरेल नेपाली, दिनेश कोइराला, उर्मिला थपलिया लगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2023 December 14, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया