अर्थ मन्त्रालयका यी सह–सचिवहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । अर्थ मन्त्रालयले ६ जना सह–सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

सह–सचिव महेश आचार्यलाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रकको कार्यालयमा पठाइएको छ ।

शम्भुप्रसाद मरासिनीलाई भन्सार जाँच पास परीक्षण कार्यालयको प्रमुख भन्सार परीक्षण प्रशासकमा सरुवा भएको छ ।

सह–सचिव महेश बराललाई कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिमा पठाइएको छ ।

सह–सचिव अमृत लम्साललाई मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलको प्रमुख कर प्रशासकमा सरुवा गरिएको छ ।

सह–सचिव पार्वती शर्मालाई आन्तरिक राजश्व विभागको उप–महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

Published : Tuesday, 2023 December 12, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया