एमालेका विष्णु पौडेल समर्थक पाण्डेय संसदको महासचिव पदमा सिफारिस
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2023/12/Padamprasad-Pandeya-Republi-1.jpg?resize=810%2C510)
काठमाडौं । संघीय संसद सचिवालयको महासचिव पदमा पदमप्रसाद पाण्डेय सिफारिस भएका छन् ।
एमाले समर्थक पाण्डेय प्रतिनिधिसभाका सचिव पनि हुन् । संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा पाण्डेयको नाम महासचिवका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस भएको छ ।
महासचिवमा पाण्डेयको नाम सिफारिस भएको संसद सचिवालयले जनाएको छ । पाल्पा जिल्ला निवासी पाण्डेयलाई महासचिव बनाउन एमालेका उपाध्यक्ष विष्णु पौडेलको ठूलो योगदान छ । पौडेल कृषि मन्त्री रहेका बेला पाण्डेय मन्त्रालयमा निजामती कर्मचारीको तर्फबाट निजी सचिव रहेका थिए ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले घरासयी कारण देखाउँदै मंसिर २४ गते पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रिय सभा अध्यक्षको कार्यकाल सकिएपछि नेकपा (माओवादी केन्द्र) वा नेपाली कांग्रेसको भागमा अध्यक्ष आउने निश्चित जस्तै छ ।
त्यस अबधिमा महासचिव गौतमको कार्यकाल सकिँदा, महासचिवमा एमालेको सिफारिस नचल्ने देखिएपछि, पूर्व तयारी अनुसार महासचिव फेरिएको छ ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया