तारा एयरको जहाजको सिसा हरायो, थोत्रा लोकल बस जस्तो अवस्था

काठमाडौं । तारा एयरको कार्गो जहाजको आपतकालीन ढोकाको सिसा बाटोमा खसेर हराएको छ ।

तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज आइतबार बिहान ९ बजेर ३१ मिटनमा काठमाडौंबाट लुक्लातर्फ उडेको थियो ।

आकासमा उडिहेका बेला जहाजको आपतकालीन ढोकाको सिसा बाटोमा खसेको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताएका छन् ।

सिसा खसे पनि जहाजले सुरक्षित अवतरण गरेको छ । जहाजमा दुई जना प्यासेन्जर पनि रहेका थिए ।

जहाजले काठमाडौंबाट ११ सय २६ किलो सामान लिएर लुक्लातर्फ उडेको थियो ।

नेपालका एयरलाईन्सहरूको जहाज निकै थोत्रो र जिर्ण रहेको भनेर आलोचना भइरहेका बेला तारा एयरको जहाजको सिसा बाटोमा खसेर हराएको छ ।

जहाजहरू पहाडी भेगमा चल्ने लोकल बसभन्दा पनि निकै खराब अवस्थामा रहेको भनेर आलोचना भएका छन् ।

Published : Sunday, 2023 December 10, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया