अक्षय, शाहरूख र अजयलाई कारबाहीको चेतावनी

मुम्बई । गुटखा उत्पादन कम्पनीको विज्ञापन गरेको भन्दै भारत सरकारले बलिउडका ३ जना अभिनेतालाई पत्र पठाएको छ ।

केन्द्र सरकारले बलिउड अभिनेता अक्षय कुमार, शाहरुख खान र अजय देवगनलाई गुटखा कम्पनीको विज्ञापन किन गरेको भन्दै पत्र पठाएको छ ।

अबहेलना सम्बन्धी रिटको जवाफ दिँदै केन्द्र सरकारले इलाहाबादको लखनऊ अदालतमा पत्र पठाएको छ ।

केन्द्र सरकारले सुप्रीम कोर्टमा पनि सुनवाई जारी रहेको भन्दै हाई कोर्टमा दर्ता रिटलाई खारेज गर्न लखनऊ अदालतलाई आग्रह समेत गरेको छ ।

हाइप्रोफाइल अभिनेता र व्यक्तिहरूलाई सरकारबाट उच्च ओहदाको पुरस्कार दिने गरिएपनि उनीहरूबाट गुटखा कम्पनीको विज्ञापन हुनु राम्रो नभएको भन्दै रिटमा कारबाहीको माग गरिएको छ ।

Published : Sunday, 2023 December 10, 11:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया