ललितपुरको बागडोलमा कौडाको गेम ? कहाँबाट यती धेरै पैसा ? १० जना पक्राउ

काठमाडौं । ललितपुर जिल्लामा कौडासहित जुवा खेल्ने र खेलाउने १० जनालाई करीव ५ लाखसहित पक्राउ गरेको छ ।

बिहीबार राति ८ बजे ललितपुर महानगरपालिकाको वडा नं. ३ जावलाखेल, बागडोलस्थित बस्ना केसीको घरको पाँचौं तलामा जुवा कौडा खेलिरहेको अवस्थामा छापामारेको जिल्ला प्रहरी परिसर ललितपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जुवाखेल्ने व्यक्तिहरूको साथबाट प्रहरीले चार लाख ९९ हजार ५ सय रुपियाँ र कौडा–१६ थान बरामद भएको छ ।

प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ८ स्थायी वतन भई ललितपुरको गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँ बस्ने वर्ष ३८ को समिर भन्ने साधुराम कठायत रहेका छन् ।

ललितपुरको महांकाल गाउँपालिका वडा नं. ५ चन्दनपुर स्थायी वतन भई गोदावरी नगरपालिका वडा नं. १० चापागाउँ बस्ने वर्ष ३५ को उमेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

महांकाल गाउँपालिका वडा नं. ४ स्थायी वतन भई ललितपुर महानगरपालिका वडा नं. २४ धापाखेल बस्ने वर्ष ३४ को रमेश तिमल्सिना पनि पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका वडा नं. ४ स्थायी वतन भई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३५ का बिशु तामाङ, ललितपुर महानगरपालिका वडा नं. ८ मंगलबजार बस्ने वर्ष ३७ का बीरेन्द्र स्थापित, ललितपुर महानगरपालिका वडा नं. ११ ज्वागल बस्ने वर्ष ३९ का राजिव डंगोललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको बागमती गाउँपालिका वडा नं. ६ आश्राङ स्थायी वतन भई गोदावरी नगरपालिकाको वडा नं. ११ चापागाउँ बस्ने वर्ष ४५ को प्रदीपकुमार लामा, ललितपुर महानगरपालिका वडा नं. १६ मंगलबजार बस्ने वर्ष ४२ का श्याम महर्जन पनि पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका वडा नं. १२ मंगलबजार बस्ने वर्ष ३८ का शैलेश महर्जन, मकवानपुरको थाहा नगरपालिका वडा नं. १२ स्थायी वतन भई ललितपुर महानगरपालिका वडा नं. ४ बागडोल बस्ने वर्ष ४९ को सोमनाथ गोलेलाई पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2023 December 8, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया