‘फाइटर’को टिजर रिलिज

मुम्बई । भारतको ७५औं गणतन्त्र दिवसको अवसरमा २५ जनावरीमा रिलिज हुन लागेको बलिउड फिल्म ‘फाइटर’को टिजर सार्वजनिक भएको छ ।

‘फाइटर’मा अभिनेता ऋतिक रोशन र दीपिका पादुकोणको अभिनय रहेको छ । फिल्मको शुक्रबार टिजर सार्वजनिक भएको छ ।

टिजरमा एक्सन र रोमान्स देख्न सकिन्छ । फिल्ममा अनिल कपूरको मुख्य भूमिका छ ।

अनिल कपूर ग्रुप क्याप्टेन राकेश रकी सिंहको भूमिकामा देखिनेछन् । ऋतिकले स्क्वाड्रन लिडर शमशेर प्याट्टीको भूमिका निभाइरहेका छन् ।

दीपिकाले स्क्वाड्रन लिडर मीनल राठौरको भूमिका निर्वाह गरिरहेकी छिन् । फिल्ममार्फत ऋतिक र दीपिका पहिलो पटक एक साथ फिल्ममा देखिनेछन् ।

Published : Friday, 2023 December 8, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया