कांग्रेसका यी चार नेताको नाम फिर्ता, राष्ट्रिय सभाको टिकटको सम्भावना

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकको सूचीमा रहेका चार नेताहरूको नाम फिर्ता लिएको छ ।

कांग्रेसका नेताहरू गोपालमान श्रेष्ठ, आनन्द ढुंगाना, अब्दुल सतार र बालकृष्ण पाण्डेको नाम फिर्ता गरिएको एक नेताले बताएका छन् ।

स्रोतका अनुसार समानुपातिकबाट नाम फिर्ता लिइएका यी चार नेताहरूलाई राष्ट्रिय सभाको चुनावमा उम्मेदवार बनाउन सक्ने सम्भावना रहेको बुझिएको छ ।

Published : Friday, 2023 December 8, 3:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया