तीन जना बुद्धहरूको जन्मस्थल लुम्बिनी भएको तथ्य प्रमाणित भएको छ : उपाध्यक्ष डा.लामा

लुम्बिनी । संविधानसभाका सदस्य समेत रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गरेका छन् ।

शुक्रबार लुम्बिनीमा नेपालका लागि भारतीय राजदूतावास र लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा संयुक्त रूपमा आयोजित सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव विषयको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा.लामाले तीन जना बुद्धहरू क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य प्रमाणित भएको बताए ।

उनले बुद्धको पवित्र जन्मस्थल लुम्बिनी क्षेत्र बौद्ध अनुसन्धानको केन्द्र हुनु पर्ने बताएका छन् ।

बुद्धको पवित्र जन्मस्थलबाट बौद्ध धर्मको सुरुवात भएको भन्दै उपाध्यक्ष डा. लामाले विश्वकै शान्तिको श्रोत बुद्धको पवित्र जन्मभूमि लुम्बिनी रहेको बताए ।

बौद्ध शिक्षाको महत्व विश्वभर भएको र बुद्ध धर्म आस्था मात्रै नभएर दर्शन र सिद्धान्त रहेको डा.लामाले बताएका छन् ।

बुद्ध शिक्षा मार्गदर्शक रहेको भन्दै डा.लामाले यसको अनुशरण र परिपालना हुनु पर्ने बताएका छन् ।

भारतीय दूतावास, काठमाडौं र लुम्बिनी बौद्ध विश्वविद्यालयले संयुक्त रूपमा सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव अन्वेषण विषयमा अन्तरक्रिया तथा सेमिनार लुम्बिनी बौद्ध विश्वविद्यालय आयोजना भएको छ ।

Published : Friday, 2023 December 8, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया