ओखलढुङ्गा कांग्रेसका पूर्वसभापति गिरीको निधन, खतिवडाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेस ओखलढुङ्गाका पूर्वसभापति दुर्योधन गिरीको ७८ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार बिहान गिरीको उपचारका क्रममा ललितपुरस्थित स्टार अस्पतामा निधन भएको नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाका स्वकीय सचिव हुकुम राईले बताए ।

प्रजातन्त्र सेनानी समेत रहेका गिरीको पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ ।

पूर्वसभापति गिरीको निधनप्रति कांग्रेस नेता एवम् समितिका सभापति खतिवडाले गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । खतिवडाले भने, ‘ओखलढुङ्गा कांग्रेसका पूर्व पार्टी सभापति आदरणीय दुर्योधन गिरीज्यूको निधनबाट ओखलढुङ्गा कांग्रेसलाई ठूलो क्षति भएको छ । उहाँको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दछु । शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’

सभापति खतिवडाले स्व.गिरीका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

चम्पादेवीका स्थायी बासिन्दा गिरीको जन्म २००२ साल फागुन २६ गते भएको थियो । एक छोरा र १ छोरीका पिता गिरीकी पत्नीको निधन भइसकेको छ ।

Published : Friday, 2023 December 8, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया