दोलखा, ओखलढुङ्गा र रुपन्देहीका केटाहरू काठमाडौंबाट पक्राउ, हाइलेबलको धन्दा

काठमाडौं । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने ४७ वर्षीय गोविन्द खड्का, ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–८ घर भई ललितपुरको सातदोबाटो नखिपोट बस्ने ३९ वर्षीय नवीन राई र रुपन्देहीको तिलोत्तमा नगरपालिका–२१ कोटिहवा घर भई काठमाडौंको तारकेश्वर बस्ने २५ वर्षीय विनोद न्यौपाने रहेका छन् ।

काठमाडौं उपत्यकाका क्यासिनोहरूमा हुने विभिन्न कृयाकलापहरूमाथि निगरानी गर्ने क्रममा प्रहरीले क्यासिनो छिराउन भारतीय आधार कार्ड बनाउने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2023 December 7, 2:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया