नेपालले समेत नमानेका बेला इटालीको निर्णयले चीनलाई ठूलो झट्का

लण्डन । चीनको विशाल बेल्ट एण्ड रोड पूर्वाधार पहलबाट इटाली औपचारिक रूपमा पछि हटेको छ ।

इटालियाली पत्रिका ‘कोरिएरे डेला सेरा’का अनुसार लामो समयदेखि अपेक्षित बेल्ट एण्ड रोड पूर्वाधार परियोजनासम्बन्धी निर्णयबारे तीन दिनअघि बेइजिङलाई जानकारी गराएको छ ।

इटालियन सरकारी स्रोतलाई उल्लेख गर्दै एएफपी भनेको छ, ‘रोमले राजनीतिक संवादका च्यानलहरू खुला राख्ने तरिकाले यस्तो गरिएको हो भन्ने बाहेक विस्तृत विवरण नदिइकन पछि हटेको पुष्टि गरिएको छ ।’

गत वर्ष सत्तामा आउनुअघि प्रधानमन्त्री जर्जिया मेलोनीले अघिल्लो सरकारले सन् २०१९ मा परियोजनामा सामेल हुने निर्णय गम्भीर गल्ती भएको बताएकी थिइन् ।

आलोचकहरूले ट्रिलियन डलरको लगानी योजनालाई राजनीतिक प्रभाव किन्ने उद्देश्यले गरिएको शिकारी ट्रोजन हर्सको रूपमा उल्लेख गरेका छन् ।

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले गत सेप्टेम्बरमा भनेका थिए, ‘सदस्यताले हामीले अपेक्षा गरेअनुसारको परिणाम दिन सकेको छैन ।’

इटालीले यस वर्षको अन्त्यसम्ममा बहिर्गमन नगरेसम्म यो सम्झौता मार्च २०२४ मा स्वत: नवीकरण हुने थियो ।

रोमले बेइजिङलाई उक्साउने र इटालियाली कम्पनीहरूविरुद्ध प्रतिशोधको जोखिम मोल्न सचेत रहँदै आएको छ ।

मेलोनीले सेप्टेम्बरमा दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै रोमले चीनसँगको सम्बन्धमा कुनै सम्झौता नगरी यो परियोजना छोड्नसक्ने बताएका थिए ।

नेपालले समेत विशाल बेल्ट एण्ड रोड पूर्वाधार कार्यक्रमलाई लागू गर्न मानेको छैन । चीनको अन्टसन्ट सर्तबाट नेपाल पनि झस्किएको छ ।

Published : Wednesday, 2023 December 6, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया