काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा जुवातास खेल्ने १४ जनालाई पक्राउ गरेको जनाएको छ ।

टोखा नगरपालिका–३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका–७ बस्ने नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भएका ५५ वर्षीय अचुत सिलवाल समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ५ सय ९५ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी, काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं चक्रपथ बस्ने काभ्रे घर भएका ६० वर्षीय ओमकृष्ण श्रेष्ठ समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ६० रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 December 6, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया