रणवीरको ‘एनिमल’ले अधिकांश रेकर्डहरू भत्कायो

मुम्बई । बलिउड अभिनेता रणवीरकपूरको ‘एनिमल’ले धेरै रेकर्डहरू भत्काएको छ । फिल्म रिलिज भएको चौथो दिन विश्वभरि ४२५ करोड भारु कमाइ भएको छ ।

फिल्मले पहिलो सोमबार भारतभर ४४ करोड भारु कमाएको छ । हिन्दीमा ४० करोड र दक्षिणमा ४ करोड भारु समावेश छ । भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन २४६ करोड २३ लाख भारु पुगेको छ ।

सोमबार फिल्मको हिन्दी संस्करणको समग्र अकुपेन्सी ४८.९२ प्रतिशत थियो । फिल्मको हिन्दी संस्करणले पहिलो सोमबार ४० करोड कमाएर शाहरुख खानको हिट फिल्म ‘जवान’को रेकर्ड तोडेको छ ।

‘जवान’ले पहिलो सोमबार ३२ करोड भारु कमाएको थियो । ‘जवान’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्म हो । यसको विश्वव्यापी कलेक्सन ११ सय करोड भारु छ ।

आइतबार रणवीर कपूरको फिल्मले तेस्रो दिन ७५ करोड भारु कमाएर बक्स अफिसमा नयाँ रेकर्ड बनाएको थियो । पहिलो सप्ताहन्तको तीन दिनमा फिल्मले विश्वभर ३५६ करोड भारुभन्दा बढीको कमाइ गरेको छ । फिल्मले विकेन्ड कलेक्सनका हिसाबले यो वर्षको दोस्रो ठूलो फिल्म ‘पठान’को रेकर्ड तोडेको छ ।

Published : Tuesday, 2023 December 5, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया