कांग्रेस निकटको आदिवासी जनजाति महासंघको जेठमा महाधिवेशन

काठमाडौं । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले जेठमा महाधिवेशन गर्ने जनाएको छ ।

महासंघको केन्द्रीय समितिको बैठकले जेठ २६ देखि २८ सम्म काठमाडौंमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । महासंघ नेपाली कांग्रेसको भ्रातृ संस्था हो ।

महाधिवेशनका लागि ‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेश’ नारा तय गरिएको छ ।

महाधिवेशनका लागि ७७ वटा जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ ।

महासंघले वडा अधिवेशन पुस २१ गते, पालिका अधिवेशन माघ ६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन माघ २१ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन फागुन ५ गते, जिल्ला अधिवेशन फागुन १९ गते र प्रदेश अधिवेशन २०८० चैत १७ र १८ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

ओमबहादुर घर्ती मगरको नेतृत्वमा रहेको महासंघको तदर्थ समितिमा सदस्यहरू थपिएका छन् ।

Published : Sunday, 2023 December 3, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया