अदभूत क्षमताका प्रदीप अधिकारी, बर्खास्त हुनबाट बच्न विषय डाइभर्ट गरिदिए

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूविरुद्ध निकै आक्रमणहरू हुन थालेपछि विरोधीहरूको ध्यान मोड्न ग्राउण्ड ह्याण्डेलिङको अधिकार खोस्ने विषय बाहिर ल्याएका छन् ।

युरोपियन युनियन (ईयू)ले नागरिक उड्डयन (नेपालको हवाई उड्डान क्षेत्र)लाई कालोसूचीमा राख्ने निर्णय पुन: दोहोर्‍याएपछि महानिर्देशक अधिकारीको आलोचना भइरहेको छ । विरोध हुन थालेपछि महानिर्देशक अधिकारीले ग्राउण्ड हेण्डलिङ्गको जाल बाहिर फालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग परामर्श नै नगरेर महानिर्देशक अधिकारीले यती ठूलो जोखिमपूर्ण कदम उठाएका छन् ।

महानिर्देशक अधिकारी आफ्ना विरोधीहरूलाई ठेगान (चुप गराउन) लगाउन निकै माहिर मानिन्छन् । अधिकारीको यहि कौशलका कारण आफूभन्दा सिनियर कर्मचारीहरूलाई उछिनेर प्राधिकरणको महानिर्देशक पद हत्याएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीले स्पष्टीकरण सोधेर हटाउन खोज्दा पनि महानिर्देशक अधिकारीको एउटा रौँ पनि हल्लाउन सकेनन् ।

आफूविरुद्ध हुने गतिविधिलाई महानिर्देशक अधिकारीले निकै कुशलताका साथ डाईभर्ट गर्छन् । यो उनको अदभूत क्षमता मानिन्छ । सोही कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख भएका थिए । ती दुबै विमानस्थल निकै घाटामा छन् । काम नलाग्ने अवस्थामा रहेपछि पोखरा विमानस्थलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हात हालेको छ । भैरहवामा पनि अख्तियारको नजर परेको छ ।

ईयूको कालोसूचीबाट नेपाललाई हटाउने झुठो आश्वासन र पैसाको खेलका कारण अधिकारीले महानिर्देशक पद बचाएको आरोप लाग्दै आएको छ ।

ईयूले नागरिक उड्डयनलाई कालोसूचीमा राखेको चिठ्ठी महानिर्देशक अधिकारीलाई आएपछि त्यो पत्र लुकाउन निकै प्रयास गरेका थिए ।

विभिन्न मिडियाले समाचार लेखेपछि महानिर्देशक अधिकारीले बल्ल प्रतिक्रिया दिएका थिए ।

नागरिक उड्डयनलाई ईयूले कालोसूचीमा राखेपछि महानिर्देशक पदबाट अधिकारीलाई बर्खास्त गर्न दवाव परेको छ । अधिकारीलाई महानिर्देशक पदबाट राजीनामा दिन दवाव समेत परेको छ ।

महानिर्देशक अधिकारीले आफ्नो राजीनामा र विरोधलाई डाईभर्ट गर्न पहिले नेपाल वायुसेवा निगम र श्री एयरलाईन्सलाई दोष लगाएका छन् ।

ईयूले नागरिक उड्ययनभित्रै नियमनमा दोष र भ्रष्टाचारको कारण कालोसूचीमा राखेको कुरा सार्वजनिक भएपछि निशानामा निगम भएको छ ।

कुरा मोड्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधिएको छ । निगमको आय स्रोत ग्राउन्ड हेन्डलिङ्ग प्रतिस्पर्धाबाट गर्ने सूचना महानिर्देशक अधिकारीले अगाडि ल्याएका छन् ।

निगमको प्रमुख आय श्रोत ग्राउन्ड हेन्डलिङ्ग खोसियो भने आर्थिक रुपमा धरासायी हुने पक्का छ ।

महानिर्देशक अधिकारीको ध्यान नै निगमलाई डुबाउनेमा छ । प्राधिकरण र निगम सरकारको सम्पत्ति हो । फेरि यी दुबै निकाय पर्यटन मन्त्रालय मातहतका हुन् ।

अधिकारीले महानिर्देशक बन्नका लागि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई ठूलो रकम बुझाएको आरोप स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक रुपमा लगाउँदै आएका छन् ।

स्पष्टीकरण काण्ड मिलाउन पनि महानिर्देशक अधिकारीले ठूलो चलखेल गरेको आरोप छ ।

महानिर्देशक अधिकारीले निगमबाट ग्राउण्ड हेण्डलिङको अधिकार खोसेर हिमालयन एयरलाईन्सलाई दिन खोजेको आरोप छ । हिमालयन एयरलाईन्सलाई ग्राउण्ड हेण्डलिङ दिन खोज्नुमा महानिर्देशक अधिकारीको के स्वार्थ छ भविष्यले बताउनेछ ।

मन्त्री किराँतीले निगमलाई नयाँ जहाज किने थालेका छन् । किराँतीले अरु कार्यक्रममार्फत निगमलाई सबल बनाउन खोजेका बेला ग्राउन्ड हेन्डलिङ्ग खोस्नु भनेको महानिर्देशक अधिकारीले निगमलाई आर्थिक रुपमा धरासायी बनाएर फेलिएर बनाउने लक्ष्य राखेको आरोप प्राधिकरणका कर्मचारीहरूले लगाएका छन् ।

Published : Sunday, 2023 December 3, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया