‘जय नेपाल’भन्दै सभापति देउवालाई अध्यक्ष ओलीको फोन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफू डडेल्धुरा आएको जानकारी गराएका छन् ।

शुक्रबार बिहान अध्यक्ष ओलीले सामाजिक सञ्जालमा सभापति देउवासँगको टेलिफोन सम्वादको भिडियो राखेका छन् । डडेल्धुरा सभापति देउवाको गृहजिल्ला पर्छ ।

ओलीले लेखेका छन्, ‘मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो । उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो । धन्यवाद शेरबहादुरजी !’

ओली महाकाली–मेची अभियान संकल्प यात्राको सिलसिलामा डडेलधुरामा पुगेका थिए । देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा कुराकानी गरेका हुन् ।

कुराकानीको करिब ४० सेकेण्डको भिडियो ओलीले सामाजिक सन्जालमा राखेका छन् ।

सभापति देउवासँग अध्यक्ष ओलीले ‘जय नेपाल’ भन्दै कुराकानी शुरु गरेका छन् । ओलीले आफूहरू डडेलधुरा बजारभन्दा अलि तलतिर बसेको र गन्यापधुरा छेवैंबाट फोन गरेको बताएका छन् ।

सभापति देउवालाई अध्यक्ष ओलीले ‘तपाईंको जिल्ला आएको बेला यसो सम्झेको नि’ भनेका छन् । ओलीले फोनमा ‘थ्यांक्यु’ भन्दै ‘अनि त्यता सबै राम्रो छ नि !’ भनेर सोधेका छन् ।

सभापति देउवाले अध्यक्ष ओलीलाई गृहजिल्ला डडेल्धुरामा स्वागत छभनेका छन् । देउवा र ओलीबीच लामो कुराकानी भएको छैन ।

Published : Friday, 2023 December 1, 11:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया