प्रशस्त खर्च गरेर महँगो होटलमा रेनु दाहालकी छोरीको टीकाटालो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी प्रतिभा पाठकले विवाहका लागि टीकाटालो गरेकी छिन् ।

प्रतिभा प्रधानमन्त्री दाहालकी छोरी समेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी हुन् । प्रतिभाका बुबाको नाम अर्जुन पाठक हो । अर्जुन पाठक गुल्मी जिल्ला निवासी हुन् । पत्नीसँगै भरतपुरमा बस्दै आएका छन् ।

प्रतिभाले गोरखाका विज्ञानबाबु रेग्मीसँग विवाहका लागि टीकाटालो गरेकी छिन् । निकै महँगो होटलमा भएको टीकाटालोको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रतिभा र विज्ञानबाबु नाचेको भिडियोमा देखिएको छ ।

प्रतिभा र विज्ञाबाबुबीच मंसिर २३ गते विवाह गर्ने तयरी भएको छ । प्रतिभा र विज्ञानबाबुको विवाहको पार्टी बौद्धमा रहेको पार्टी प्यालेसमा राखिएको छ ।

नातिनी प्रतिभाको टीकाटालोको कार्यक्रममा प्रधानमन्त्री दाहाल पनि सहभागी भएका थिए ।

प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन् । अध्ययनका क्रममा प्रतिभा र विज्ञानबाबुबीच प्रेम भएपछि विवाह हुन लागेको बताइएको छ ।

Published : Thursday, 2023 November 30, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया