कार्यक्रम बिथोलिने भएपछि डरले खुट्टा कमाएको एमाले झुलाघाट पुग्यो, उल्टा दिन शुरु

काठमाडौं । पहिचानवादीहरूको नाममा कोशी प्रदेशमा आन्दोलन चर्किएका बेला नेकपा (एमाले)ले पूर्वमा आफ्नो कार्यक्रम रोकेर पश्चिमबाट संकल्प यात्रा शुरु गरेको छ ।

बिहीबार बैतडीको झुलाघाटमा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले समृद्धिका लागि संकल्प यात्राको उद्घाटन गरेका छन् । पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर कार्यक्रम सम्पन्न हुनेछ । ओलीले चिवाभञ्ज्याङमा पनि राष्ट्रिय झण्डा फहराउनेछन् ।

महाकाली नदीको किनार नजिकै ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर संकल्प यात्रा शुरु गरेका हुन् । ओलीले झण्डोत्तोलन गर्दा एमालेका कार्यकर्ताले बाजा बजाएका थिए ।

एमालेले विगतमा कार्यक्रमहरू गर्दा पूर्वका जिल्लाहरूबाट गर्दै आएको थियो । यस पटक एमालेलाई पहिचानवादीहरूको आन्दोलनले बैतडी पुर्‍याइदिएको छ । पहिचानवादीहरूको अबरोधको सामना गर्नुपर्ने अवस्था आउने भएपछि ओली आफ्ना नेता कार्यकर्ता बोकेर सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला पुगेका हुन् ।

पुस २ गते पाँचथरको चिवाभञ्ज्याङमा कार्यक्रम गर्ने जनाएको एमालेलाई त्यो दिन ठूलो तनाब हुने सम्भावना छ । पहिचानवादीहरूले एमालेलाई पाँचथरमा कार्यक्रम गर्न नदिने र अवरोध गर्न सक्ने सम्भावना रहेको बुझिएको छ ।

महासचिव शंकर पोखरेलले पहाड छाडेर तराई झर्नेहरूको अवस्थाबारे संकल्प यात्रामा बुझ्ने प्रयास गर्ने बताए ।

एमालेले संकल्प यात्रा पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम गर्ने गर्नेछ । अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उप–महासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, लेखराज भट्ट, पदमा अर्याल, रघुवीर महासेठसहितको टोली झुलाघाट गएको थियो ।

मध्यपहाडी राजमार्ग अन्तर्गतका २६ वटा जिल्लाको करीब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्ने एमालेले जनाएको छ ।

Published : Thursday, 2023 November 30, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया