मंसिर १४ गतेदेखि ‘एनटीए’ लिग तेक्वान्दो च्याम्पियनसिप हुने

काठमाडौं । नेपाल तेक्वान्दो संघले मंसिर १४ देखि १६ गतेसम्म दोस्रो ‘एनटीए’ लिग तेक्वान्दो च्याम्पियनसिपको आयोजना गर्न लागेको जनाएको छ ।

बुधबार संघले विज्ञप्ति जारी गरेर प्रतियोगिता सातदोबाटो, ललितपुरस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय एकेडेमी भवनमा सञ्चालन हुने जनाएको छ । प्रतियोगिताको उद्घाटन मंसिर १४ गते दिउँसो २ बजे बिहीबारका दिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले गर्नेछन् ।

प्रतियोगितामा पुम्से र ग्यरोगीतर्फ गरि वटा ७२ स्वर्ण पदकका लागि जम्मा ६५०जना खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछ ।

प्रतियोगितालाई व्यवस्थित र सफल रुपमाआयोजना गर्न संघका उपाध्यक्ष भानबहादुर चन्दको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ । समितिको सचिवमा संघका केन्द्रीय सदस्य बब्लु शिवाकोटी रहेका छन् ।

प्रतियोगिताबाट खेलाडीहरूको राष्ट्रिय वरियता क्रम मापन गरि सोही बमोजिमस्तर र वर्गीकरण गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपालभरिका खेलाडीहरूको उत्साहजनक सहभागिता हुने संघले जनाएको छ ।

Published : Wednesday, 2023 November 29, 3:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया